FAQs Complain Problems

समाचार

आठबीस नगरपालिका वडा नं. १ स्थित चिनेज्युला

Read More

आठबीस नगरपालिका वडा नं ९ स्थित बयालढुंगा डाडा अर्थात आ न पा को अग्लाे डाडा

Read More

आठविस नगरपाालिका वडा नं. ४ स्थित १५ शैया अस्पतालको निर्माणाधिन भवन ।।।

Read More

आठबीस नगरपालिकाकाे स‌क्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो नगरपालिका रहेको छ । वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । कुल जमिनको ७७.३२ प्रतिशत अर्थात १२ हजार ९ सय ८९ दशमलब ५४ हेक्टर भुभाग बनजंगलले ढाकेको यस नगरपालिका भित्र प्रशस्त मात्रामा खोलानाला तथा कर्णाली नदी रहेका छन्् ।

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।

जन प्रतिनिधि

नगर प्रमुख
9858054058
नगर उप प्रमुख
९८४८०९७२५९

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८०५१४००
इन्जिनियर
9862746173
सूचना तथा संचार प्रविधि अधिकृत
9848214207
वरिष्ठ लेखा सहायक
9857844015

सेवाहरु

सेवा प्रकारः- व्यबसाय दर्ता
सेवा समयः- आवश्यक प्रक्रीया पुराहुन्जेल
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- आठबीस नगरपालिकाका सम्पुर्ण वडाहरु
सेवा शुल्कः- व्यबसायको मापदण्ड हेरेर
आवश्यक कागजातहरुः-

आबश्यक पर्ने कागजात जस्तैः नागरिक्ता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम २. मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. अविवाहितको हकमा वा नागरिकता नभएको हकमा सर्जिमन पत्र
सम्बन्ध विच्छेद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाल सरकारको नियमानुसार
आवश्यक कागजातहरुः-

१. सुचना फारम २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. सम्बन्धित परिवारको सम्पुर्ण विवरण ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचना फारम २. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी साथै २/२ प्रति पासपोर्ट साइजको फोटोहरु ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी वा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. बाबुआमाको नागरिकता प्रमाणपत्र २.विवाह दर्ताको प्रमाणपत्र ३. सुचकको नागरिकताको प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रमाण पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१. सुचनाको फारम २. अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी ३. पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

जानकारी