समाचार
अाठबीस नगरपालिकाकाे अाधिकारीक वेबसाइटमा स्वागत छ ।
दैलेख जिल्लाकाे सदरमुकाम नारायण नगरपालिका देखि २२ काेष पश्चीम क्षेत्रमा चामुण्डा विन्दासैनी नगरपालिका र ठाटिकाँध गाउपालिकासँगै सिमाना जोडिएको आठबीस नगरपालिका साविकका ६ वटा गाविसहरू ( साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट, सिहासैन, र तिलेपाट ) एक अापसमा गाभिएर संघिय पुनसंरचना अायाेगकाे प्रतिवेदन बमाेजिम मिति २०७३ फाल्गुन २७ गते देखि अाठबीस नगरपालिका बनेकाे हाे । यस नगरपालिकामा २०६८ सालकाे जनगणना अनुसार कुल जनसंख्या २९ हजार २ सय २७ जना रहेकाे छ । जसमा १४ हजार ४ सय ८४ पुरूष र १४ हजार ४ सय ४३ जना महिला रहेका छन् । यस नगरपालिकाकाे क्षेत्रफल करिब १६८ वर्ग कि.मि रहेकाे छ । यस क्षेत्रमा उधोग ब्यापार पर्यटन कृषि,पशुपालनकाे उच्च सम्भावना रहेकाे छ । जातिय रूपमा मिश्रीत बसाेबास रहेकाे यस नगरपालिकामा क्षेत्री जातिकाे बाहुल्यता रहेकाे छ । विशेष गरि क्षेत्री, बाहमण, ठकुरी, दलित तथा मगरहरूकाे उच्च बसाेबास रहेकाे देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालार्इ मातृभाषाकाे रूपमा प्रयाेग गरेकाे पाइन्छ । यस क्षेत्रमा खेतियाेग्य जमिनका अतिरिक्त केहि भु भाग भिरालाे जमिनले बनेकाे हुदाँ यस क्षेत्रमा मानिसहरू जिविकाेपार्जनका लागि कृषिका अतिरिक्त ज्यालामजदुरी कामगर्नका लागि भारत लगायत अन्य देशहरू जाने गरेकाे देखिन्छ । मुख्य गरि वनजंगल ,बनपैदावर र कृषि तथा पशु पालनलार्इ मुख्य अाम्दानीकाे स्राेत मानिले यस नगरपािलकाकाे रामघाट, टुनिबगर ,राकमकर्णाली र खिड्कीज्यूला बजारलार्इ मुख्य व्यापारिक केन्द्र मानिदै अाएकाे छ ।
साविकका ६ वटा गाविसहरू ५४ वटा वडाहरू लार्इ पुनसंरचना गरी यस नगरपालिकामा ९ वटा वडाहरू बनेका छन् । यस नगरपालिकाकाे वडा नं. ४ सबै वडाहरूका लागि यातायातकाे सुविधा तथा भाैगाेलिक रूपमा मिलेकाे बस्ती तथा मध्य पहाडि राजमार्गकाे मेघासिटि र कर्णाली राजमार्ग पनि यहि भएर जाने भएकाेले नगरपालिकाकाे मुख्य केन्द्र वडा नं. ४ राकमकर्णालीमा स्थापना गरिएकाे छ ।