FAQs Complain Problems

आठबीस नगरपालिकाकाे स‌क्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरण रहेको यो सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो नगरपालिका रहेको छ । वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । कुल जमिनको ७७.३२ प्रतिशत अर्थात १२ हजार ९ सय ८९ दशमलब ५४ हेक्टर भुभाग बनजंगलले ढाकेको यस नगरपालिका भित्र प्रशस्त मात्रामा खोलानाला तथा कर्णाली नदी रहेका छन्् ।

मुख्यतया क्षेत्री , ब्राह्मण, ठकुरी, कामी जातिको बाहुल्यता रहेको यस नगरपालिकामा मगर, दमाईको पनि बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक वादी जातिको पनि बसोबास रहेको छ । यस नगरपालिकाका बिभिन्न वडाहरुमा हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन । नगरपालिकामा जाक्सीकोट मालिका माई,अधिकारी, भैरव मन्दिर,थामा चौधेरा माई मन्दिर जस्ता धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु रहेका छन्् । प्राकृतिक स्रोत साधनको रुपमा कर्णाली नदी,खोलानाला ,स्लेट खानी, प्रसस्त मात्रामा बनजंगल तथा जडिबुटी रहेको छ ।

२.३.आठबीस नगरपालिकाको ऐतिहासिक पृष्ठभूमी

    दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोष पश्चिम क्षेत्रमा चामुण्डा विन्द्रासैनी नगरपालीका र ठाटिकांध गाउपालीकासंगै सिमाना जोडिएको आठवीस नगरपालिका साविकका ६ वटा गाविसहरु (साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटा ) एकआपसमा गाभिएर संघीय पुनसंरचना  आयोगको प्रतिवेदन बमोजिम मिति २०७३ फाल्गुण २७ गतेदेखि आठवीस नगरपालिका बनेको हो । यस नगरपालिकमा २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २९ हजार २ सय २७ रहेको छ । जसमा १४ हजार ४ सय ८४ जना पुरुष र १४ हजार ४ सय ४३ जना महिला रहेका छन्् । यस नगरपालिकाको क्षेत्रफल करिब १६८ वर्ग कि.मि रहेको छ । यस क्षेत्रमा उद्योग व्यापार पर्यटन, कृषि ,पशुपालनको उच्च सम्भावना रहेको छ । जातीय रुपमा मिश्रित बसोबास रहेको यस नगरपालिकामा क्षेत्री जातिको बाहुलयता रहेको छ । विशेष गरी क्षेत्री, ब्राहमण, ठकुरी , दलित तथा मगरहरुको उच्च बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका साथै केही भु–भाग भिरालो जमिनले बनेको हुदाँ यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिका अतिरिक्त ज्याला मजदुरीमा काम गर्नका लागि भारत लगायत अन्य देशहरुमा जाने गरेको पाइन्छ ।

मुख्य गरी वनजंगल, वन पैदावार र कृषि तथा पशु उत्पादनलाई मुख्य आम्दानीको स्रोत मानिने यस नगरपालिकाको रामाघाट, टुनीवगर र राकमकर्णाली, खिडकीजिउला बजारलाई मुख्य ब्यापारिक केन्द्र मानिदै आएको छ ।

साविककका ६ वटा गाविसहका ५४ वटा वडाहरुलाई पुनसंरचना गरी यस नगरपालिकामा ९ वटा वडाहरु कायम गरिएको छ ।  यातायातको सुविधा, भौगोलिक रुपमा  मिलेको वस्ती ,मध्यपहाडी लोकमार्गको मेगा सिटि र कर्णाली राजमार्गमा पर्ने भएकोले यस नगरपालिकाकोे मुख्य केन्द्र वडा नं. ४ राकम कर्णालीमा कायम गरीएको छ । राज्यको बिकेन्द्रीकृत शासनप्रणाली तथा स्थानीय जनचाहना र आवश्यकताको सम्बोधन गर्ने हेतुले यस नगरपालिकाले सरकारी निकायका बिभिन्न बिषयगत कार्यालयहरु र गैरसरकारी संघ÷संस्थाहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यस नगरपालिकाको संरचना अनुसार कायम गरिएका वडाहरूको विवरण  निम्नानुसार रहेको छ ।

तालिका नं. २.नयाँ संरचना अनुसार आठबीस नगरपालिकाको वडा विभाजन

वडा न.   साविक गाविस       घरधुरी संख्या        जनसंख्या २०६८   क्षेत्रफल   (बर्ग कि.मि)

वडा न .

साविक गाविस

क्षेत्रफल वर्ग ( कि मि )

सात्तला (१–८)

३३ .३८

सात्तला (९) र सिंगौडी (१–५)

१८ .६९

सिंगौडी (६— ९)

२३ .६९

राकमकर्णाली (१–९)

१२ .०६

पिपलकोट (१–९)

३३ .८९

सिंहासैन (५–९)

२१ .०८

तिलेपाटा (१,२,३,६) र सिंहासैन (३)

६ .७१

तिलेपाटा (४,५,७,८ र ९)

११ .३८

सिंहासैन (१,२ र ४)           

८ .२

जम्मा

 

 

स्रोतः राज्य पुनरसंरचना प्राविधिक सहयोग समितीको प्रतिवेदन, २०७३